नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत नदिने झलनाथको सङ्केत

0

२० पुस,काठमाडौ ,पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई विश्वासको मत नदिने सङ्केत गरेका छन् । आफूहरु बाम एकताको पक्षमा उभिएको भए पनि प्रचण्ड र केपी ओलीको चाहाना पुनरोथानवादी र घण्टीवादी भएकोले तत्काल सहकार्यको सम्भावना नहुने स्थिति आएको बताएका छन् । पत्रकार ज्योतिकिरणसँग कुरा गर्दै खनालले नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकताको छलफल नगरेको समेत बताएका छन् । संसद विघटनको सङ्केत गर्दै प्रचण्डको सत्तारोहण कमजोर र निम्छरो भएको समेत सङ्केत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here