राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायधीवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।
विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उनीविरूद्ध राजकुमार पाण्डेले उजुरी दिएका हुन्।