सत्ता गठबन्धको तर्फबाट ललितपुर छेत्र न ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्बार बनेकी माओबादी नेत्री तथा उर्जा मन्त्री पम्फा भुसालले ठूला ठूला भोजको आयोजना गरेर मतदाता र कार्यकर्तालाई प्रभावित पार्ने कार्यलाई तिब्रता दिएकी छिन्। निर्वाचन आचारसंहितालाई चुनौती दिँदै हिजो उनले ललितपुरको लगनखेल स्थित `डिलाइट पार्टी भेन्यू´मा आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिमुलक विभिन्न भूमिकामा रहेका दुईहजार मानिसहरूलाई एकैपटक २० लाख रुपैयाँ भन्दा माथिको खर्चमा भोज खुवाएकी छिन्। उक्त भोजमा ललितपुरका मेयर चिरिबाबु महर्जन समेत उपस्थित भएका थिए। पत्रकारको क्यामराबाट छलिएर हलको पूर्वउत्तर कुनामा केही युवाहरूसँग भोज खाँदै बसेका चिरिबाबु भुषालको चुनावी भाषण सकिए पछि हलमा देखिएका थिए ।
गठबन्धन भित्र माओबादी केन्द्रको भागमा परेका उम्मेद्वारहरुलाई काङ्ग्रेस मतदाताले भोट नहाल्ने चर्चा चुलिएपछि भुसाल पनि त्रसित छन् । यही त्रास र सङ्का दुरगर्न भुसालले `सङ्का निवारण´ भोजको आयोजना गरेको एक सहभागीले बताए। उक्त भोजको उदेश्य प्रष्ट थाहा पाएपछि कतिपय भोजमा सहभागी काङ्ग्रेस समर्थकहरु भोज नखाइ हिडेका थिए भने धेरैजसोले भोज खाएर फर्किएका थिए। १८०० जना मानिस आरामले बस्न सकिने पार्टी प्यालेसको उक्त हलमा खचाखच मानिस भरिएर बस्ने ठाउँ नपाए पछि सयौँ मानिस हलको किनारामा उभिएका थिए । निर्वाचनको मुखमा सुरुभएका राजनीतिक भोजले आतङ्क मच्चाउने गरेको यो पहिलो घट्ना होइन तर मन्त्रीले नै यस्तो गर्नुलाई सामान्य मान्न सकिएला र ? आफैँले हस्ताक्षर गरेको आचारसंहिताको पालना खोइ ? प्रश्न खडा भएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी