प्रचण्डले स्विकारे कम्जोरी,सबै दोष एक्लै लिए जिम्मा

0

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावको घोषणापत्र सँगै आफ्ना कम्जोरीहरु पनि केलाएका छन्।मुख्यतया पार्टीलाई एकताबद्द राख्न नसक्नु आफ्नो कम्जोरी रहेको भन्दै प्रचण्डले पार्टी छोडेर गएका अवसरबादीहरुको दोस पनि आफै लिएका छन् । परिवर्तनका बिच जसको बिचार उसैको नेतृत्व हुन सकेको भए मुलुकले थप गतिलिन सक्ने थियो भन्दै प्रचण्डले माओवादीको संघर्ष र माओबादीकै बिचारले ल्याएको परिवर्तनको नेतृत्व माओबादीले नै गर्न नसक्नुमा पार्टी बिभाजन नै मुख्य कारण रहेको समिक्षा गरेका छन् ।प्रचण्डको यो समिक्षा कति वस्तुबादी छ त्यो अर्कै कुरा हो तर पार्टी बिभाजन हुनमा प्रचण्डमात्र एक्लो जिम्मेवार पक्कै छैनन् तर उनले सबै दोस आफैलाई दिएर बिभाजनको समिक्षा गरेका छन् । आज घोषणापत्र सार्बजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here