• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

कम्युनिस्ट आन्दोलनको चुनौती र  एकताको आवश्यकता

– कृष्ण अधिकारी  ‘रवि’

वि.सं. २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) स्थापना भएको नेपाली कम्युनिस्ट पार्टी विभिन्न आरोह–अवरोह पार गर्दै आज गम्भीर र महत्वपूर्ण मोडमा उभिएको छ । सामन्तवाद, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्ध निरन्तर संघर्ष गर्दै आएको यस आन्दोलनले नेपालको संविधानमा ‘समाजवाद उन्मुख’ संविधान लेख्न महत्वपूर्ण भूमिका खेलेको छ । तर यति लामो यात्राका बाबजुद आज कम्युनिस्ट आन्दोलन एकताको अभावमा कमजोर बन्दै गएको यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

प्रारम्भदेखि नै कार्यदिशा, कार्यक्रम र कार्ययोजनामा देखिएका असहमति, तीव्र अन्तरसंघर्ष र दुई लाइन संघर्षले पार्टीलाई पटक–पटक विभाजनतर्फ धकेल्यो । आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्रका बहस र विवादहरूले पनि नेपालमा प्रभाव प¥यो । परिणामस्वरूप, ७६ वर्ष लामो इतिहास बोकेको आन्दोलनले अनेकौं उतारचढाव र पीडा भोग्नुप¥र्यो । आजको विश्व सन्दर्भमा परिस्थिति झनै जटिल बन्दै गएको छ । हिजोको सामन्तवादी संरचना डिजिटल युगमा रूपान्तरण हुँदैछ । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट विश्व अहिले डिजिटल साम्राज्यवादतर्फ उन्मुख भइरहेको छ । पूँजीवादले नयाँ प्रविधि र सूचना प्रवाहको माध्यमबाट आफ्नो प्रभुत्व अझ सुदृढ बनाइरहेको छ । पूँजीवाद डिजिटल पूँजीवादमा प्रवेश गर्दै गरेको यस्तो अवस्थामा माक्र्सवाद–लेनिनवाद–माओवादको परम्परागत व्याख्या मात्र पर्याप्त हुँदैन भन्ने बहस उठ्नु स्वाभाविक हो । माक्र्सवादको नयाँ विकास चाहिएको छ । नयाँ युगको माक्र्सवादको अन्वेषण गर्नु छ । कसैले गर्न नसकेको काम गर्नु छ । सबै भङ्गालाहरू संकल्पका साथ जोड्नु छ। समाजवाद उन्मुख संविधान हाम्रो कार्यनीति हो। निर्वाचन र प्रतिस्पर्धाको बीचबाट समाजवादको आधार निर्माण गर्दै, लक्ष्य वैज्ञानिक समाजवाद हो ।

यिनै परिवर्तित परिस्थितिका बीच नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अन्य सबै कम्युनिस्ट पार्टी तथा देशभक्त शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ । एउटै लक्ष्य र विचार बोकेका शक्तिहरू टुक्रिँदा राजनीतिक प्रभाव त घट्छ नै, जनतामा पनि निराशा पैदा हुन्छ । त्यसैले आजको आवश्यकता केवल एकताको नारा होइन, सार्थक र दिगो एकता हो । यस्तो एकता जसले विचारमा स्पष्टता, नेतृत्वमा सहमति र कार्यशैलीमा रूपान्तरण ल्याओस् । केवल पद र शक्तिको बाँडफाँडमा आधारित एकता दीर्घकालीन हुन सक्दैन । यसका लागि निर्मम आत्मसमिक्षा गर्दै बलियो विश्वासको आधार र साझा कार्यदिशा अवलम्बन गर्न अत्यावश्यक देखियो । साथै, नयाँ युगअनुसार माक्र्सवादको विकास र पुनव्र्याख्या पनि आवश्यक छ । डिजिटल अर्थतन्त्र, सूचना प्रविधि र विश्वव्यापीकरणका चुनौतीहरूलाई सम्बोधन गर्ने नयाँ सोच, रणनीति, कार्यनीति र कार्ययोजना बिना समाजवादी आन्दोलन अघि बढ्न सक्दैन ।

अन्ततः, नेपालमा वैज्ञानिक समाजवादी लक्ष्य प्राप्त गर्न कम्युनिस्ट शक्तिहरूको एकता अपरिहार्य छ । विभाजनले कमजोर बनाउँछ, एकताले शक्ति दिन्छ । अब विलम्ब नगरी सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर नयाँ युगको निर्माणतर्फ लामबद्ध हुनु समयको माग हो । आजको नेपालको भूराजनीति संवेदनशील अवस्थामा छ । अमेरिकी साम्राज्यवाद आफ्नो गुम्दै गएको शक्ति र ‘अमेरिका फस्र्ट’ भन्ने महत्वाकांक्षी उद्देश्य सहित मध्यपूर्वमा भयानक हमला गरिरहेको छ । यो कतै तेस्रो विश्वयुद्धतर्फ त पुग्दैन भन्ने शंका पैदा भएको छ । त्यसैले कम्युनिस्ट एकता र ध्रुवीकरण अनिवार्य शर्त बनेको छ । त्यसैले प्रश्न उठ्छ— के हामी त्यो लक्ष्यतर्फ अघि बढिरहेका छौं ? किन हामी आफैं विभाजनको शिकार भइरहेका छौं ? आज नेपाल कम्युनिस्ट पार्टी (एमाले)नेपाली कम्युनिस्ट पार्टी लगायतका सबै शक्तिहरू अलग हुँदा यो दुर्दशा भएको हैन र ? जनताको मत विभाजित भएको हैन र ? यो पनि भएकै हो नि ! २०७९ को निर्वाचनमा ५० प्रतिशत भएको जनमत २०८२ फागुन २१ को निर्वाचनमा २२ प्रतिशतमा झरेको छ । अब हामीले पुरानै  लयमा कम्युनिस्ट आन्दोलन र जनमतलाई फर्काउनु छ । आन्दोलन कमजोर बनेको छ। यो यथार्थ हामीले स्वीकार्नै पर्छ ।

अब किन एकता अपरिहार्य छ ?
पहिलो शर्त, जनताको मतलाई एकताबद्ध गर्न । दोस्रो, सशक्त प्रतिपक्ष र राष्ट्रिय स्वाधीनताको रक्षा गर्देै, सुशासन, सामाजिक न्याय, समृद्धि र भ्रष्टाचार अन्त्य गर्न । तेस्रो, वैज्ञानिक समाजवादको लक्ष्यलाई व्यवहारमा लागू गर्न । चौथो, सार्वभौमसत्ता र क्षेत्रीय सम्प्रभुताको रक्षा गर्न । पाँचौं, राष्ट्रियता, नागरिक अधिकार र जनजीविकाको सुनिश्चित गर्न । छैठौं, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति पालना गर्न । सातौं, असमान सन्धि–सम्झौता खारेज गरी समयसापेक्ष नयाँ सन्धि–सम्झौता गर्न । नयाँ युगसँगै नयाँ चुनौती थपिएको छ ! साथीहरू, आज विश्व बदलिएको छ । सामन्तवादको रूप बदलिएको छ, पूँजीवाद डिजिटल स्वरूपमा आएको छ । अब लडाइँ केवल पुरानो शैलीमा सम्भव छैन । नयाँ सोच, नयाँ रणनीति र नयाँ कार्यक्रम सहितको एकता आवश्यक हुन्छ । हामीले माक्र्सवादलाई पुरानै रूपमा होइन, नयाँ युगअनुसार विकास गर्ने साहस गर्नुपर्छ । हाम्रो प्रतिबद्धता— आफ्नो पद के हुन्छ भन्ने होइन, कम्युनिस्ट आन्दोलन के हुन्छ भन्नेमा चिन्ता गरौ ं। मुख्य कुरा पद होइन, भूमिका हो भन्ने आँट गरौं । हामीले हाम्रो तर्फबाट जस्तोसुकै त्याग गर्न तयार छौ ।
अब हामीले के गर्ने ?
विगतका कमजोरीहरूको निर्मम आत्मसमिक्षा गरौं । व्यक्तिगत स्वार्थभन्दा माथि उठौं । साझा कार्यदिशा निर्माण गरौं । सबै कम्युनिस्ट शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रतिबद्धता गरौं । हाम्रो लक्ष्य ः साथीहरू, विभाजनले हामीलाई कमजोर बनायो, अब एकताले मात्र बलियो बनाउँछ । अब समय आएको छ! सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुने, नयाँ वैज्ञानिक समाजवादी नेपाल निर्माण गर्ने ।

अब ढिला नगरौ! आउनुहोस्, एकजुट बनौं !
नेकपा एमालेका अध्यक्ष के पि शर्मा वली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल लगायत सबै कम्युनिस्ट पार्टीका नेताहरूलाई बामपंथी एकताको लागि दबाब र सुझाव दिदै, देशका सबै जिल्लाहरूबाट कम्युनिस्ट एकताको पहल गरौ यो आजको आवस्यकता हो भने नेपाल राष्ट्र र भावि पुस्ताको लागि उपहार हो । एकजुट हुनु आजको आवश्यकता हो । ( लेखक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हुन् । )

  • #भृकुटी न्यूज#कृष्ण अधिकारी#काठमाण्डौ #नेपाली राजनीति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान
न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा
कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

धेरै पढिएको

  • १.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

ताजा समाचार

  • १.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

  • २.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ५.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • ६.
    रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.