ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरे पछि काँग्रेस नेता रुष्ट, बैठक बोलाएर मर्थन फिर्ता गर्ने चेतावनी

0

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू शंकर भण्डारी र राजेन्द्र बजगाईंले पृथ्वीनारायण शाहका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै नेताद्वयले आपत्ति जनाएका हुन् ।

नेपाली काँग्रेसले समर्थन दिएका प्रधानमन्त्रीको अभिव्यक्ति सह्य नभएको भन्दै वैकल्पिक गठबन्धनका लागि लाग्नुपर्ने बताएका छन् । “बौद्धिक वर्गसामु  प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छैन,” नेता भण्डारीले भने, “म यसबारे पार्टी सभापतिको प्रतिक्रियाको प्रतीक्षामा छु । यदि सभापति र पार्टीका तर्फबाट कुनै प्रतिक्रिया नआए मेरै अगुवाइमा केन्द्रीय समिति बोलाएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नेछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here