पोखरा । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको छ । बिहीबार (आज) सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए ।
त्यसपछि आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ । अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ ।
आदेश पर्खिरहेका बादी र प्रतिवादी बीच कुनै अप्रिय घटना नहोस् भन्नका निम्ति कडा सुरक्षा व्यवस्था समेत गरिएको बताइएको छ।