२० कार्तिक, काठमाडौं। अचानक स्वास्थ्यमा समस्या आएर बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था थप संवेदनशील बनेको छ।
बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बिहान अचानक अस्वाभाविक समस्या देखिएपछि आज दिनभरका कार्यक्रम स्थगित गरेर निवास बालुवाटारमै आराम गरिरहनु भएको थियो। अहिले भर्खरै स्वास्थ्यमा थप समस्या देखिए पछि डाक्टरहरुको ठूलो टिम बालुवाटार पुगेको श्रोतले बताएको छ ।