९ श्रावण, काठमाडौँ। काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको छ । चालकदल सहित १९ जना सौर्य इएरलाईन्सका मर्मत सम्भारका इन्जिनियर र प्राविधिकहरु रहेको बुझिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।
श्रोतका अनुसार जहाजमा अन्य सर्वसाधारण यात्रु नभएको बुझिए पनि विमानस्थल कार्यालयले आधिकारिक पुष्टि गरेको छैन । जहाज पूर्ण रुपमा ध्वस्त भएको छ भने उद्दार टोलीले चार जनाको सव घट्ना स्थलबाट बाहिर निकालेको छ। यात्रुको उद्दार कार्य जारी रहेको छ।