१४ चैत, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
इलाम–२ मा जीतबहादुर राई र बझाङ (क) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय एकीकृत समाजवादीले गरेको हो । राई पूर्व गाउँपालिका अध्यक्ष हुन् । उनले २०७४ को चुनावमा माइजोगमाईँ गाउँपालिका अध्यक्ष जितेका थिए ।