भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं

0

मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् ।

बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।

‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५र३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने ।

प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो । त्यसक्रममा बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ भने अझै तनाव जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here