काठमाडौँ। पछिल्लो समय महिला र शैक्षिक योग्यता लगायतका विषयले विवादमा पर्दै आएका राप्रपा सांसद ज्ञानबहादुर शाही र उनका सहयोगीले पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई शाहीले आफ्ना सहयोगी व्यक्ति प्रयोग गरेर ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको महासंघको भनाई छ ।
आफ्नो कार्यलयबाट घर फर्कदै गरेका नीति न्यूज डट कमका पत्रकार शंकर तिवारीलाई काठमाडौँ को बिजुली बजारमा बाटो ढुकेर आक्रमणको प्रयास समेत भएको बुझिएको छ । घट्नालाई लिएर महासंघले आपत्ती प्रकट गरेको छ भने संलग्नलाई कार्वाहीको मागसमेत गरिएको छ ।