३१ जेष्ठ,काठमाडौं। कांग्रेसका सभापति देउवा उपचारका लागि गएराति सिंगापुर प्रस्थान गरेका छन्। उपचार गरेर नफर्किदासम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।
कांग्रेस विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपराधा १३ बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।