साइबर सुरक्षाबारे गृहमन्त्रीले बोलाए सुरक्षा बैठक

0

२६ बैशाख ,काठमाडौ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साइबर सुरक्षासम्बन्धी छलफल गर्नुभएको छ । गृहसचिव र तीनवटै प्रहरी संगठनका प्रमुखहरुलाई राखेर उहाँले साइबर सुरक्षाको वर्तमान अवस्था र सम्भावित चुनौतीबारे छलफल गर्नुभएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको उक्त छलफलमा गृहसचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, सशस्त्रका आइजीपी राजु अर्याल र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओम प्रकाश जोशी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here