७,बैशाख ,काठमाडौ । राजनीतिक जीवनको २५ वर्षसँगै सहकार्य गरेर राजनीति गरेका बाबुराम-प्रचण्ड अनेकौँ फुट र अलग थलग हुँदै,आरोप प्रत्यारोप गर्दै बिभाजनको बाटोमा पुगे तर मङ्सिर ४ को निर्वाचनमा जीवन मरणको चर्को व्यथाले च्यापिएका प्रचण्डले आफ्नो निर्वाचन छेत्रबाटै भाग्नु पर्ने स्थिति आएपछि गोर्खा ओर्लिएर बाबुरामसँग आत्मसमर्पण गरे ।
प्रचण्डको यस्तो हालत देखेपछि विद्वान बाबुरामले प्रचण्डको यो निरिहतालाई आफ्नो वर्चस्व हात पार्ने महत्वपूर्ण अवसर ठाने र सर्त सहितको प्रचण्डलाई जीवनदान दिने प्रस्ताव अगाडि सारे। उनका ३वटा प्रस्ताव यस्तो रहेको श्रोतले बताएको छ । (१) छोरीलाई राजनीतिक सफलता दिलाउने(२) माओवादी केन्द्रको वैचारिक लाईनको नेतृत्व दिनु पर्ने (जस्को भित्री उदेश्य माओवादी केन्द्र कब्जा गर्ने)
(३) छोरीको चुनावी खर्च सबै माओवादी केन्द्रले जिम्मा लिने,पार्टीको सम्पूर्ण श्रोत समान परिचालन र निर्वाचन पछि पार्टी एकता गर्नु पर्ने ।
ओलीसँगको सङ्गत र घट्नाबाट सिपालु भएका प्रचण्डले बाबुरामको यस्तो मौखिक सर्त गम्भिरता पूर्वक सुने र ठाउँको ठाउँ ओके भन्दिए ।
जब मंसिर ४ को चुनाव सकियो प्रचण्ड विजयी भए त्यसपछि अहिले भट्टराईको चुनावताकाको त्यो समझदारीलाई धोती लगाइ दिए किनकी बाबुरामलाई पार्टी बुझाउन प्रचण्डलाई सजिलो कुरै थिएन । बाबुरामको बिद्दता अहिले उत्तानो परेको छ । चलाख प्रचण्डले चुनावताका भएका बाबुरामका सर्तबारे कुरा सुन्नै नचाहेपछि अहिले बाबुराम र प्रचण्ड बिच चर्को खटपटी पैदा भएको श्रोतले बताएको छ ।”बाबुराम गरिखाने मान्छे होइनन्” भन्ने निचोडमा पुगेका प्रचण्डले सर्तहरूलाई थाङ्नामा सुताइदिए पछि बाबुराम भट्टराईले रास्वपासँग पार्टी एकता गरेर अर्को यात्रा तय गर्ने तयारी गरिरहेको श्रोतले बताएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी