२६ चैत, काठमाडौं । संसदमा विचाराधीन टीआरसी लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवाद भएको छ ।
सभामुख देवराज घिमिरेले प्रचण्डको आग्रहमा र ओलीको चाहना बमोजिम शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर प्रचण्डसँग भेट गराएका थिए ।
सरकारको तिब्र आलोचना र बद्लिदो परिस्थितिबाट कमजोर बन्दै गएका प्रचण्डले ओलीसँग टीआरसी बिधेयक पारित गराएर आफ्नो सरकारबाट अलग हुने चाहना रहेको र त्यसमा एमालेको सहयोग भए देउवालाई प्रधानमन्त्री बनाउने सर्तमा एमाले काङ्ग्रेसको सरकारबनाउने बाताबरणका निम्ति आफुले मार्ग प्रसस्त गर्ने र प्रतिपक्षमा बसेर सहयोग गर्ने प्रस्ताव अगाडी सारेको श्रोतले बताएको छ । प्रचण्डको प्रस्तावबाट मख्ख भएका ओलीले प्रचण्डको कुरालाई मात्रै विस्वास नगरे पछि सभामुखको रोहबरमा संयुक्त बैठक बसेर विषयलाई टुंगो लगाइएको श्रोतले बताएको छ ।