२९ माघ,काठमाडौ,अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्याण्ड फर्किएको लग्गत्तै युएसआईडीकी प्रमुख सामन्था पावरको नेपाल भ्रमण भयो, हिजो साझ ६ बजे स्वदेश फर्केलगत्तै २४ घण्टा नबित्तै अर्की अमेरिकी अधिकारी नेपाल आएकी छन् । उपसहायक मन्त्री अफरिन अख्तर आज बिहान नेपाल आइपुगेकी हुन् । नेपालसहित श्रीलंका,बंगलादेश, भुटान,माल्दिभ्सलगायत एसियाली मामिला हेर्ने अख्तर कतार एयरवेजको क्युआर ६४४ उडानमार्फत बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको बताइएको छ ।

एमसीसी र एसपीपी पास गराउन चर्को कूटनैतिक दबाब दिएको अमेरिकाले त्यसयता एकपछि अर्को प्रतिनिधिलाई नेपाल पठाइरहेको छ ।