कविता
ओझेल
– सागर ढकाल
घाम उदाउँदाको
छाँया जस्तै
ओझेल पर्छे उ,
पिपलको रुखमुनी।
मानौ
म
पहिलो पल्ट देख्दैछु
उसलाई ठानेर ।
छाँया परेको रुखमुनी बसेर
आश्चर्य लाग्ने
एकल हाँसोमा
देखिएको
एकल सुन्दरता छोडेर
मैले
हेर्दा हेर्दै ओझेल पर्छे
घाम उदाउँदाको छाँया जस्तै।
घाम
र
छाँयामा
लठ्ठीएको सुन्दरता,
सन्तुष्ट
र
असन्तुष्ट
दुई आँखा भित्र
कोचेर
कति मख्ख हुन सकेको छु म।
तर
घाम उदाउँदाको छाँया जस्तै
ओझेल पर्छे उ
साथी !
मलाई एक छिन शान्त बस्न देउ
आज दिल फुकाएर
मन बाँध्नु छ,
म ओझेल परेका सबै उसका सम्झनाहरुलाई
सम्झन चाहन्छु।