४ माघ,काठमाडौ ,नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ । घातक जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।
वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले भृकुटी न्यूजलाई बताए।
मिल्ने अर्को मान्छेको कलेजो पाए पुनको उपचार संभव हुने भन्दै चिकित्सकले जतिसक्दो छिटो कलेजो खोजेर प्रत्यारोपण गर्नु आवस्यक रहेको सुझाव दिएका छन् तर कलेजो कहाँ खोज्ने? कस्को कलेजो मिल्छ ? मिले पनि कलेजो दिने लिने कसरी ? कानुनी प्रक्रिया के छ ? प्रत्यारोपण गर्ने राम्रो अस्पताल कुन हो ? आदि तनाव उत्पन्न भएको छ ।