पुस २१,काठमाडौ ,नेकपा (माले)का महासचिव सी.पी.मैनालीले वर्तमान सत्ता समीकरण लम्पसारवादीहरुको नयाँ सस्करण भएको बताएका छन् । काङ्ग्रेसको अदुरदर्सी र अहंकारी भूमिकाले उत्पन्न परिस्थिति भन्दा भिन्न कोणबाट ओली प्रचण्ड सहकार्यलाई हेर्नू गलत हुने भन्दै नेता मैनालीले शक्ति केन्द्रको कोणबाट समीकरणलाई हेर्नू भन्दा स्वार्थ समीकरणबाट हेर्नू उपयुुक्त हुने बताएका छन् । पछिल्लो समय ओली, प्रचण्ड नेतृत्वको सप्तरङ्गी समीकरणलाई चीन भारतको २+१ रणनीति अन्तरगत उत्पन्न परिस्थिति हो भन्ने व्याख्या भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता मैनालीले यस्तो भ्रमबाट मुक्तहुन सबैलाई आग्रह समेत गरेका छन् । यो स्वार्थको बाँध भत्किएको स्थिति मात्रै भएको उल्लेख गर्दै नेता मैनालीले प्रचण्ड,ओली गठबन्धनका गम्भीर ३ चुनौतीहरु समेत खुलाएका छन् । नेता मैनालीसँगको विशेष भिडियो अन्तरवार्ता युटुब च्यानल (vrikuti online tv ) मा बिस्तृत रुपमा प्रसारण गरिएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी