अगामी सरकार गठनबारे छलफल गर्न काङ्ग्रेसले बोलायो बैठक

0

२४ मङ्सिर,काठमाडौ ,शनिबार आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यलय सानेपामा बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रुप पनि दिइने तयारी रहेको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here