काङ्ग्रेसको नेतृत्वमै जुइनो कसिलो पार्दै सत्ता गठबन्धनलाई निरन्तरता दिने पाँच दलको निर्णय,केही समय पछि संयुक्त विज्ञप्ति जारी हुँदै

0

१९ मङ्सिर ,काठमाडौ ,सत्ता गठबन्धनको बैठकले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ। बालुवाटारमा सोमबार बसेको बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो। गठबन्धन दलहरूले केहीबेरमै संयुक्त विज्ञप्ति जारी गर्न लागेको काङ्ग्रेसनेता रामचन्द्र पौडेलले भृकुटी न्यूजलाई बताएका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले अन्य विकल्पमा पनि छलफल गर्ने निर्णय गरेपछि कांग्रेस सशंकित बनेको नेताहरुको भनाइ छ। पहिलो दल बनेको कांग्रेसले सत्ता समीकरणकै विषयमा छलफल गर्न आज गठबन्धन दलहरूको बैठक डाकेको हो।
बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए। त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी छन् भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here