महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।माओबादी केन्द्रका कार्यकर्ताले मच्चाएको कुटाकुटमा पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेर आफुलाई वाइसीएल भएको बताउने युवाहरुले भोट गठबन्धनलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरेको पीडितले बताए ।आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी