१४ कात्तिक २०७९
पशुपतिनगर (इलाम), कात्तिक १४ गते ।इलामको क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झलनाथ खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा पुगेकाछन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नं. १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेका छन्। तर यो समर्थन र गठबन्धनको मत मिलानले फेलखाने स्थिति देखा परेको छ।
गठबन्धन भित्रकै दल नेपाली काङ्ग्रेसले पार्टीको आन्तरिक एकता बलियो बनाउन सकेको छैन भने झलनाथको निर्वाचन छेत्रमा जम्मा माओबादी केन्द्रको सङ्गठित मत संख्या तीन सय त्रिपन्न मात्रै रहेको छ। यसरी हेर्दा माओबादीसँगको गठबन्धन केवल नामको मात्रै देखिन्छ।
झलनाथले आफूसँग कुनै प्रतिस्पर्धी नभएको दाबी गरेका छन् तर उनले चुनाव जित्न ठूलो चुनौती झेल्नु पर्ने देखिएको छ। , “आफैँले राजनीतिमा डो-याएकासँग खासै प्रतिस्पर्धा हुँदैन।” भन्ने झलनाथको प्रतिक्रियालाई नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत र माछा चुनाव चिन्ह लिएर इलाम १ मा चुनावी मैदानमा रहेका पुराना प्रजातन्त्रबादी नेता बिक्रम पाण्डेले चुनौती दिएका छन् ।बाहिर हेर्दा प्रमुख प्रतिस्पर्धा खनालले एमालेका महेस बस्नेतसँग गर्नु पर्ने देखिन्छ भने बिक्रम पाण्डे बस्नेत र खनाल दुबैका निम्ति फलामको चिउरा बनेका छन् ।बस्नेत इलाम नगरपालिकाका पूर्वनगरप्रमुख हुन। प्रतिस्पर्धी बस्नेत युवा भएका कारण आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् भने स्वतन्त्र उम्मेद्बार बिक्रम पाण्डे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय काङ्ग्रेस पृष्ठभूमिका लोकप्रिय र स्थापित नेता हुन। झलनाथको चालिस वर्ष देखिको निरन्तर विजय र उनले गरेका कर्मको बिगतलाई नजिकबाट हेरेका इलामे जनताले यसवर्ष राम्रो पाठ सिकाएर पठाउने अठोट गरेको देखिन्छ भने देशभर उठेको स्वतन्त्रको लहरले इलाम एकलाई पनि राम्रै छोएको छ। भने झलनाथको चालिस वर्षको भूमिकाले आजित इलामे जनताको आक्रोशको आगोमा स्वतन्त्र उम्मेद्बार बिक्रम पाण्डेले अर्गानिक घिउ हालिरहेका छन्।
यस्तो छ गणित:-
इलाम निर्वाचन क्षेत्र नं. १ मा सूर्योदय र माई नगरपालिका तथा माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन्। इलाम नगरपालिकाको वडा नं. १० पनि यसै निर्वाचन छेत्र अन्तरगत पर्दछ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रणबहादुर राई विजयी भएका थिए । माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेका थिए भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । ३९ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली काग्रेसले १६, एमालेले १५, समाजवादीले सात र स्वतन्त्रले एक वडा जितेका थिए। माओबादी शून्य सिटमा छ। यसरी हेर्दा १६ वटा वडा जितेका काङ्ग्रेस अहिले नयाँ सल्लाह गरिरहेका छन् भने सुर्योदय नगरपालिकामा हिजो नेकपा एस सँगको काङ्ग्रेसको मजबुद सहकार्य अहिले आन्तरिक रुपमा पूर्णरुपमै भत्किएको छ। यस्तो अवस्थामा माछा र सूर्यको चेपुवामा परेका झलनाथ कसरी काँडा र रापबाट उम्किएर प्रतिनिधि सभामा आइपुग्लान ?भिडन्त रोचक छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी