चुनावको मुखमा सरुवाको बितण्डा,खोइ आचारसंहिता ?

0


सरकारले सशस्त्र प्रहरीका दुई अधिकारीको काज सरुवा गरेको छ । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा असोज ३१ गते गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एक डिआइजी (नायव महानिरीक्षक) र एसएसपी (वरिष्ठ उपरीक्षक)लाई काजमा खटाउने निर्णय गरेको हो ।

जसअनुसार हल्चोकस्थित सशस्त्र मुख्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका डिआइजी दुर्गाप्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबार सरुवा भएका छन् । काज खटाइएका एसएसपी विश्वकुमार भट्टराई ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली पुगेका छन् ।

यसअघि उनी १ नम्बर बराह बाहिनी मुख्यालय, सुनसरीमा कार्यरत थिए । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले हिजो सर्कुलर गरेको पत्रअनुसार विश्वकुमारलाई पूर्वबाट प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरा रहेको बाहिनीमा लगिएको हो ।सशस्त्र मुख्यालयले राष्ट्रिय किताबखानालाई सोही पत्रमार्फत् दुई कर्मचारीको काज सरुवा गरेको जानकारी गराउँदै सोहीअनुसार गर्न अनुरोध गरेको छ ।

यसअघि सशस्त्रले असोज ३१ गतेकै मितिमा महानिरीक्षकबाट भएको निर्णयबमोजिम भन्दै चार जना एसपीको सरुवा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here