पाल्पामा गठबन्धनको चुनावी तालमेल: बन्यो संयुक्त समिति

0

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाल्पाका सबै स्थानीय तहमा पाँच दलिय गठबन्धनले सहकार्य गर्ने निर्यण गरेको छ । दलिय गठबन्धनको आज बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो।

बैठकले नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय संयुक्त संयन्त्र समिति गठन गरेको छ। समितिको सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे(कमल), राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादी पार्टीका पाल्पा अध्यक्ष मेयरमान राना रहेका छन्।

बैठकले चुनावी तालमेललाई सफल बनाउन आवश्यक परामर्श छलफल तथा संवादको लागि पाँच दलबाट तीनतीन जना सदस्य रहने गरी कार्यदल गठन गर्ने समेत निर्यण गरेको छ।

आगामी बैठकमा प्रत्येक पालिका र वडावडाको गठबन्धनको अबस्थाबारे तथ्यांक संकलन गरि जिल्लाको राजनीतिक अवस्था अनुसार हरेक पालिकामा जनमतलाई आधार बनाएर उम्मेदवारीको टुङ्गो लगाईने नवगठित संयुक्त संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले भृकुटी न्युजलाई बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here