माओवादीमै फर्किएका डल्लाकोटी भन्छन् : परिबन्दमा परि बालकोट पुगेँ , गल्ती भो !

0

काठमाण्डौ – नेकपा एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

बुधबार दिँउसो, प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको प्रचण्डसामु बताएका छन् । ‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्’, ‘मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु ।’ डल्लाकोटीको भनाइ उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

डल्लाकोटीको भनाइपछि प्रचण्डले डल्लाकोटीलाई अब काममा फर्किन निर्देशन दिएका थिए । ‘अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरेँ भनिसक्नु भो। अब काममा फर्कनुस् भन्नुभयो’, मल्लले भने ।

गत स्थानिय तह निर्वाचनमा माओवादीबाट निर्वाचित डल्लाकोटी धादिङका एमाले नेताहरुको साथ लागेर गत सोमबार दिँउसो पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here