झलनाथ खनाललाई पार्टीबाट बिदा हुन माधव नेपालको सुझाव

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीतिविपरीत बोलेको भन्दै पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

खनालले एमाले टुक्र्याउनु गलत भएको भनेपछि विराटनगरमा शुक्रबार संचारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।

उनले सम्मानित नेता खनालले पटकपटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकाले उनको भनाइको अर्थ नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here