प्रहरीको सर्वाधिक खोजीमा रहेको फरार मृगौला तस्कर पक्राउ

0

१८ पौष, काठमाडौँ। मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न एक फरार अभियुक्तलाई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरि दर्जी रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
दर्जीले भारतको कोलकाताको एक पसलमा राम्रो काम लगाइदिने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै पीडितलाई भारत पुर्‍याएपछि झुक्याई अस्पताल लगेर बेहोस पारी मिर्गौला झिक्न लगाएका थिए । दर्जीउपर थप अनुसन्धान भइरहेको प्रवक्ता कडायतले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here