१६ पौष,काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।
दुई दिनको उपचार पछि स्वास्थ्यमा सुधार देखिएको र अझै केहीदिन अस्पतालमै रहनु पर्ने चिकित्सकहरुको सल्लाह रहेको पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले जानकारी दिएका छन्