सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

0

काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड ९ख०को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसंख्याको ०।५ ९शून्य दशमलव पाँच० प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति ९दलितबाहेक०लाई अल्पसंख्यकको रुरूपमा तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले मन्त्रिपरिषद्को सामाजिक समितिबाट पेस भएको अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने निर्णय मन्त्रीको सचिावालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here