वीरगञ्जका मेयर र उपमेयरका समर्थकबीच महानगरका कार्यालयमै कुटाकुट भएपछि…

0

वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद बढ्दै जाँदा दुई पक्षका समर्थकबीच कुटाकुट भएको छ ।

पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा शुरु भएको विवादले उग्र रुप लिँदा आज दिउँसो दुई पक्षबीच हात हालाहाल भएको हो । स्थिति नियन्त्रणमा लिन अहिले महानगर परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने मेयर राजेशमान सिंहको तयारी थियो । तर, उपमेयर इम्तियाज आलमले सो ठाउँमा आफ्नो कार्यालय राख्नुपर्ने अडान लिएपछि विवाद भएको हो ।

सोही विवाद बढ्दै जाँदा समर्थकहरु कुटाकुटमा उत्रिएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here