इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु

0

एजेन्सी । पश्चिमी इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विष्फोटका कारण मृत्यु भएका ११ पर्वतारोहीको शव उद्धार टोलीले फेला पारेको छ ।

सोमबार तीन जनाको उद्धार गरिएको थियो भने १२ जना अझै बेपत्ता रहेको बताइएको छ । ज्वालामुखी विष्फोट हुँदा त्यस क्षेत्रमा ७५ आरोही उपस्थित थिए।

घाइतेमध्ये केहीले सामान्य आगो लागेको गुनासो गरेका छन् । उक्त क्षेत्रबाट हालसम्म ४९ जनालाई सकुशल बाहिर निकालिएको छ ।

आइतबार सक्रिय ज्वालामुखी माउण्ट मारापीबाट निस्किएको खरानी हावामा तीन किलोमिटरसम्म पुगेको थियो ।माउन्ट मारापी इन्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्ये एक हो।

प्रशासनले खतराको चेतावनी जारी गर्दै मानिसहरूलाई ज्वालामुखीको खाडलको तीन किलोमिटर भित्र नजान आग्रह गरेको छ।

भिडियो फुटेजमा ज्वालामुखीबाट निस्किएको खरानीको बादलले ठूलो क्षेत्र ढाकेको देखिन्छ । ज्वालामुखीबाट निस्किएको खरानीले यसको दायरा भित्र पर्ने सवारी साधन र सडकहरू ढाकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here