सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

0

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here