आजवाट एनआरएन महाधिवेशन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ।

होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उदघाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।

यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६(६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्।

अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन् ।

एनआरएनएको यस महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here