कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव आयोजना गर्ने

0

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको छ ।

 

कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अमर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here