भोलि चिया समयमै ठूलो माछा छोपिने सम्भावना

0

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका ठूलो माछा मध्ये एक पूर्व अख्तियार प्रमुख समेत भइसकेका व्यक्तिलाई  भारतको नयाँ दिल्लीमा समातेर भोलि काठमाण्डौ ल्याइने सम्भावना देखिएको छ ।

उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए । उपचारको लागि त्यता गएको बताउँदै आएका भए पनि उनको उदेश्य भाग्नु रहेको प्रहरीले पत्तो लगाए पछि उनको खोजी थालिएको थियो। खोज्दै जाँदा उनि दिल्ली पुगेको र प्रहरी पनि दिल्लीको उनि बस्ने गल्लीमै पुगेको बुझिएको छ । उनको नजिक पुगेको प्रहरीले भोलि चिया टाइममै  कर्यापझ्याप पार्ने प्रवल सम्भावना देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here