देउवा र माधव पुनःभेटवार्ता,प्रचण्डलाई सरप्राइज,माधवले खाना खान मानेनन्

0

२३ पुस, काठमाडौं,नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
शुक्रबार साँझ भएको भेटलाई सार्थकता दिन आज सनिवार बिहान  देउवा र नेपालबीच पुन:भेट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने तयारी भइरहेका बेला माधव र देउवाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। विश्वस्तश्रोतका अनुसार दुबैदलका नेताहरूले प्रचण्डलाई २६ गते सरप्राइज नै दिने गरि सहमति  गरिसकेको पनि बताइएको छ ।  सरप्राइज वाला सहमति के हो ? भन्ने प्रष्ट खुलाइएको छैन। माधवलाई देउवाले आज सँगै खानाखाने प्रस्ताव गरे तर आजबाट स्वस्थानी  व्रत सुरुभएको र श्रीमतीले फलाहारका निम्ति घरमा पर्खिरहने हुनाले चिया र फलफलमात्रै खाने र फलाहार ग्रहण गर्न घरै जाने भनेपछि देउवा निवासमा माधवलाई खाना पाकेन। खाना नपाके  पनि फलफूल र चिया,कफीको भने  राम्रो व्यवस्था रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here