१७ मङ्सिर ,काठमाडौ ,माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । समितिको ४७२औं बैठकले डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघिका अध्यक्ष डा. वीरेन्द्र महतोले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको हो । दाइ महतो गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका संस्थापक अध्यक्ष हुन् ।
भाइले सिरहा ४ बाट जसपा उम्मेदवारको रुपमा प्रतिनिधि सभा सदस्य जितेका छन् । धनुषा ३ बाट बहिनी जुली महतो एमाले उम्मेदवारको रुपमा विजयी भइन् । एमाले उम्मेदवार रहेका ज्वाईं रघुवीर महासेठले धनुषा ४ बाट जितेका छन् ।