प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाखे’ को आइटम गीत सार्वजनिक : भिडियोसहित्

0

काठमाडौं – कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँने फिल्म ‘लाखे’ को आइटम गीत सार्वजनिक भएको छ ।

आज आइतबार जमल स्थीत् विश्वज्योती हलमा एक कार्यक्रम आयोजना गरी ‘लाखे’ को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक गरिएको हो । गीतमा फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही र आर्यन अधिकारी लगायतको अभिनय रहेको छ ।

हर्कुलस बस्नेत र सदीक्षा कट्टेलको स्वर रहेको गीतको शब्द संगीत गायक बस्नेत स्वयंको हो । गीत ‘लुट २’को ‘ठमेल बजार’ शैलीमा बनाइएको छ । फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायत कलाकारहरुको मुख्य भूमिका रहेको फिल्ममा सौरभ लामाको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको फिल्म एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो । सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here