एन्फा धादिङको अध्यक्षमा पुनः खतिवडा

0

धादिङ – धादिङ जिल्ला फुटबल संघ (एन्फा) को अध्यक्षमा पुनः दिपक खतिवडा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी दिवस सागर श्रेष्ठ र दिनेश रुपाखेतीलाई पछि पार्दै खतिवडा पुनः निर्वाचित भएका छन् । खतिवडाको अध्यक्षता १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सरेश तामाङ, मनराज गोदार र राजन भण्डारी निर्वाचित भएका छन् । महासचिवमा रामहरि थापा, कोषाध्यक्षमा राजेश सुवेदी चयन भएका छन ।

कार्यसमिति सदस्यहरुमा दिनेश आचार्य, उत्तम प्रसाद सुवेदी, धुव्र थापा, प्रकाश कुमार खरेल, गोविन्द्र श्रेष्ठ, पूर्णबहादुर गुरुङ, रेमश अधिकारी, गणेशमान श्रेष्ठ निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here