हुवासिन पीपीसी सिमेन्ट बजारमा

0

काठमाण्डौ – चिनियाँ लगानीमा धादिङको बेनिघाट रोराङ गाँउपालिकास्थीत् ताल्तीमा संचालनमा ल्याईएको हुवासिन सिमेन्ट कम्पनीले पीपीसी सिमेन्ट बिक्री सुरु गरेको छ।

शुक्रबारबाट कम्पनीले पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो सिमेन्ट कारखानाका कर्मचारी तुल्सीजंग थापाले जानकारी दिए । उनका अनुसार कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो। यो चरणमा पास भएर पुनः दोस्रो चरणमा प्रवेश गर्नेछ।

परीक्षण बिक्रीको दोस्रो चरण पनि पास भएमा मात्रै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नेछ। शुक्रबारबाट बजारमा बिक्री सुरु गरिएको कम्पनीका नेपाली साझेदार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले बताए। उनका अनुसार हुवासिन सिमेन्टको मूल्य अन्य सिमेन्ट कम्पनीको भन्दा कम हुनेछ।

उनले भने हामीले लामो समयपछि कम्पनीको उत्पादनलाई बजार पठाउन सुरु गरेका छौं, सिमेन्टको मूल्यमा अन्य सिमेन्टको तुलनामा केही सस्तो हुनेछ। कम्पनीले हाल कम्पनी मूल्य पीपीसी सिमेन्टमा ५० किलोको प्रतिबोरा ५ सय ३० रुपैंया राखेको छ।

वैद्यले धादिङस्थित उद्योगमा गई ढुवानी गर्ने ट्रकका ड्राइभरहरुलाई सम्मान गर्दै बिक्री सुरु गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here