२७ जेठ, काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।
राजदूत फिर्ता बोलाएर भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालको यो भ्रमणको कुटनैतिक हैसियत कस्तो रहन्छ भन्ने विषयमा अहिले व्यापक आलोचना र चर्चा भइरहेको छ । प्रधानमन्त्रीको राजदूत फिर्ता बोलाएर गरिएको यो भ्रमणले देशको गरिमामाथि नै प्रश्न उठाएको सरकारवालाहरूले बताउँदै आएका छन्।


