सुूर्य थापाको अग्रताले प्युठानमा अतालियो गठबन्धन,भारी मतको अग्रता

0

६ मङ्सिर प्युठान ,प्युठान क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य थापाले भारी मतका साथ अग्रता कायम गरेका छन् , १९५०० मत गणना हुदा थापाले १०५०० मत पाएका छन् भने (पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन ) तर्फबाट उम्मेद्बार रहेकी जनमोर्चाकी दुर्गा पौडेलले ७००० मतले पछ्याइरहेकी छन् ।
आफ्ना कुरा तीखो र प्रष्टसँग राख्ने स्वभाव भएका थापा विद्यार्थी राजनीति देखिनै युवाहरुमाझ लोकप्रिय नेताका रुपमा रहेका छन् । भने प्युठान भित्र उनको लोकप्रियता अहिले झनै चुलिएको छ । अहिले सम्मको मत अन्तर र निरन्तरको अग्रता हेर्दा थापा भारी मतका साथ विजयी बन्ने अनुमान गरिएको छ।
प्युठान एकमा अहिले मतगणना जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here